१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्न: राजदुत पद दलीय भर्ती केन्द्र हो ?

सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्न: राजदुत पद दलीय भर्ती केन्द्र हो ?
अ अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा राजदुत दललाई सरकारले दलहरुको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले राजदुत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताउनु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘के राजदुत पद राजनीतिक दलहरुको भर्ती केन्द्र हो । राजदुत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ । र नेपालीहरुलाई समस्या परेको छ । सरकारले राजदुत नियुक्ति सम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ । देशको प्रतिनिधित्व गर्नुपर्ने राजदुत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।