१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

साइमेक्स इंकले नेपालमा लन्च गर्यो २०२४ भर्सनको बीवाईडी एट्टो ३

साइमेक्स इंकले नेपालमा लन्च गर्यो २०२४ भर्सनको बीवाईडी एट्टो ३
अ अ+ अ-

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुडिरहेका छन् ।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन् । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ । यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ । रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्न सहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ । यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको छ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।

बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ । त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ ।

बीवाईडी एट्टो ३ नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधान समेत हो । बीवाईडीको ई–प्लेटफर्म ३।० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ । यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ र यसका कारण एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरुका लागि रुचिकर बनेको छ ।

काठमाडौंको दरवारमार्गमा आयोजित लन्च इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा बरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य लगायतका प्रसिद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो अवसरमा २०२४ भर्सनको बीवाईडी एट्टो ३ को पहिलो ग्राहकलाई आचार्यले गाडी उपलब्ध गराएका थिए भने अन्य अतिथिहरुले समेत नयाँ बीवाईडी एट्टो ३ का ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।

बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९।९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०।४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ । बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ ।