१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने
अ अ+ अ-

काठमाडौँ । पेरिस पारालिम्पिक्समा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने भएकी छन् ।

आज सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना पलेसाले गर्नुपर्नेछ । यो स्पर्धामा कुल ११ खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । पलेसाको यो दोस्रो पारालिम्पिक्स हो ।

यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्डमार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिईन् । काँस्य भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन् । यसको चार वर्षपछि पलेसा छनौट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल रहिन् । गत चैतमा पारालिम्पिक्सको एशियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनौट भएकी हुन् । उनी पारालिम्पिक्समा छनौट हुने पहिलो नेपाली खेलाडी पनि समेत बनेकी छिन् । उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् ।

पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए । वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनौट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । यो स्पर्धाम १२ खेलाडी रहेका छन् । यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् ।