२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्ने कथाका पात्र प्रकाश : नागरिकता र सहयोगका लागि प्रधानमन्त्रीको अग्रसरत



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथामार्फत् चर्चामा आएका प्रकाश तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । त्यस क्रममा अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने बताउनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले हेर्ने कथाकी प्रस्तोला विद्या चापागाईंलाई फोन गर्नुभएको थियो । तर त्यसबेला उहाँ व्यस्त भएकाले कुरा नभएपछि पछि सचिवालयमार्फते चापागाईं र तामाङसँग सम्पर्क भएको थियो ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत् प्रकाशलाई सहयोग गर्न देखाएको अग्रसरताबारे जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ–
शुभ बिहानी !!
हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।