१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो: काँग्रेस सांसद खतिवडा

प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो: काँग्रेस सांसद खतिवडा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष दाहालको आक्रोश काँग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताउनु भयो । उहाँले विगतमा दाहाल नेतृत्वको सरकारका कामहरु पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रश्तुत हुन नसकेको बताउनु भयो । उहाँले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरु रहेको बताउनु भयो । उहाँले लेखा समितिको बारेमा पनि अध्यक्ष दाहाल जिम्मेवारीका साथ नबोलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छोटो समयमा उहाँले केही कुरा राख्नुभएको छ । आक्रोशपूर्ण अभिव्यक्ति छ । विशेष गरी काँग्रेस र एमालेप्रति छ । उहाँ गठबन्धनमा हुँदा पनि उहाँले गरेको देखिएको थियो । डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा बढी केन्द्रित हुनुभयो । लेखा समितिबारे पनि अलि जिम्मेवारीका साथ प्रश्तुत नभएको उहाँको कुरा देखिन्थ्यो । सत्ताबाट जानुभएको छ, आक्रोश छ । सार्वजनिक लेखा समिति आफू अनुकुल उठाउनुभएको हो । पहिला पनि यस्तो भएको छ तर प्रतिपक्षले पाउनुपर्ने कुरा नै हो । विगतमा उहाँहरु सत्तामा हुँदा नदिइएको कुरा पनि सत्य हो ।’

सांसद खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउनुपर्ने भएपनि विगतमा पनि नदिने गरेको उदाहरण रहेको बताउनु भयो ।