१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपक्षी दलको नेता नचाहिए जनार्दन शर्मालाई दिन प्रचण्डलाई रघुजी पन्तको सुझाब

विपक्षी दलको नेता  नचाहिए जनार्दन शर्मालाई दिन प्रचण्डलाई रघुजी पन्तको सुझाब
अ अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गर्नुभएको थियो । तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाउनु भयो । उहाँले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्नुभयो । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उहाँको तर्क थियो । सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक र संसदीय व्यवस्था भएका मुलुकहरुमा संसदीय प्रणाली रहेका मुलुकहरुमा सामान्यतया प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा उभिएर सय दिन नपुगीकन सरकारको हत्तपत्त आलोचना गर्दैन । यो संसदीय प्रणालीको स्थापित मान्यता हो । संसदीय प्रणालीलाई स्वीकार्ने हो भने, लोकतान्त्रिक प्रणालीलाई स्वीकार्ने हो भने, हाम्रो संविधानलाई स्वीकार्ने हो भने त्यो यो नेपालको संसदभित्र पनि चलि आएको प्रथा हो । यो संविधानमा लेखिराख्ने कुरा होइन । नियमावलीमा लेखिराख्ने कुरा होइन । तर प्राक्टिसले स्थापित गरेको यो नजिर हो । आज दु:खका साथ भन्नु पर्छ–उहाँले यो नजिर तोडनु भएको छ । उहाँले त्यतिमात्रै भन्नु भएन । लाञ्छित गरेर के सम्म भन्नु भयो भने–सबै तपाईहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस भनेर । संविधान त पढ्नुस् नेता ज्यु । प्रमुख प्रतिपक्षको पद तपाईले दिएर, तपाईले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन । त्यो एउटा संवैधानिक पद हो । त्यो तपाईलाई पनि दिएको होइन । तपाईको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वत: भएको हुनाले त्यो पार्टीलाई दिइएको हो । त्यो दललाई दिएको हो । मन लाग्दैन भने तपाईकै छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई । चाहिएन हामीलाई । किनभने हामीले लिनहुने पद पनि होइन ।’

‘आफ्नै दलका कुनै नेतालाई दिनुस् । यति ज्ञान त हुनुपर्‍यो नि । प्रमख प्रतिपक्ष दलको नेता हुने, अनि यो पद पनि लैजाऊ भनेर भन्ने । किन प्रधानमन्त्री पद गएको यति औडाहा र छटपटी किन यति छिट्टै देखाउनु परेको ?चाहिदैन सत्ता भन्नुहुन्छ । हिजो ३ चोटी घरीयता, घरीउता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसद भित्र स्थापित गर्ने मान्छे को हो?तपाई स्वयम होइन ?तपाईको कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो । तपाईको कारणले राजनीतिज्ञहरुले आफ्नो विश्वसनीयता गुमाएका थिए । बाहिर भन्न थालेका थिए–नक्कले र नक्कली लुगा फेरे भन्दा छिटो प्रचण्डले दल फेर्दछन् । समिकरण फेर्दछन भनेर । कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस् आज ठूला दल मिले । मलाई सत्ता चाहिँदैन भनेर सत्ता फकाउनुको के अर्थ छ र । अब त कोही आउँदै आउँदैन । अनि यस्तो अवस्थामा भन्नुहुन्छ–मलाई सत्ता चाहिँदैन । त्यसैले यसरी अभिव्यक्ति दिने बेला यो होइन ।’

सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताउनु भयो । उहाँले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताउनु भयो ।