• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

वर्तमान सरकार लुटेराहरुको सरकार–प्रभु साह



काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताउनु भयो । प्रमुख पार्टीका शिर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाउनु भयो । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गर्नुभयो । राज्यको मातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाउनु भयो । जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाईरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ । जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरुबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’

वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनाअन्दोलनको आवश्यकता रहेको बताउनु भयो । आम जनता पार्टीको केन्द्रिय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताउनु भयो ।