२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताउनुभएको छ ।

मंगलवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युत व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन । हामीले त्यो पनि हेर्नुपर्छ । किनभने हाम्रो इच्छाले जरुरी छ भनेर लगिहाल्ने होइन । जसरी सजिलै उहाँहरुले हाम्रो ट्रान्समिसन प्रयोग गर्न दिने, निर्यात गर्न दिने हुन्छ की हुँदैन । चीनतिरको धेरै जरुरी देखिँदैन । तिब्बत क्षेत्रमा लैजान सक्नुहुन्छ ।’

उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेकगरी काम गर्नुपर्ने बताउनु भयो ।