२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम



अ+ अ-

चितवन । अमेरिकी विकास सहयोग नियोग (युएसएड)को जलजङ्गल परियोजना (अमेरिकी जनता)को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको हो ।

इनोभेटिभ भिजन प्रालिले चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ती सामुदायिक वनका र २४ सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई एक दिनका दरले यसै साताबाट तालिम दिन सुरु गरेको हो ।

तालिमको संयोजन गरिरहनुभएका वातावरण पत्रकार कोमलचन्द्र भगतका अनुसार इनोभेटिभ भिजन प्रालिका वातावरणविद् डा नानीमैया सुजखु, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा रविशर्मा अर्याल, केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका पूर्वमहानिर्देशक फणिन्द्रराज खरेलले तयार गर्नुभएको कार्यपत्रका आधारमा स्थानीय स्रोत व्यक्तिले प्रस्तुतीकरण गरेर तालिम दिनुभएको छ ।

भगतका अनुसार एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । तालिम सेप्टेम्बर महिनाभित्रमा सम्पन्न गर्नेगरी भइरहेको भगतले जानकारी दिनुभयो । गएको आइतबार मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनबाट तालिम सुरु भएको हो । चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान मृगकुञ्जका अध्यक्ष एवं तालिमका सहजकर्ता वसन्त रानाका अनुसार तालिमले ऐन कानुनका विषयमा समेत उपभोक्ताहरुलाई पूर्णरुपमा जानकारी गराएर संरक्षणमा टेवा पुर्‍याइने छ । यो तालिममार्फत देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेजना जगाउने लक्ष्य लिइएको छ ।