७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीले किन भाषा संरक्षणमा चिन्ता व्यक्त गरे ?



अ+ अ-

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनका लागि राष्ट्र भाषालाई अनिवार्यरुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले मृततुल्य छ । यसको अर्थ करिब मरिसकेको भन्ने हो ।’ –उहाँले भन्नुभयो। त्यस्तै, जोशीले आआफ्ना घरमा नानीहरुसँग मातृभाषाबाटै कुराकानी गर्न आग्रह पनि गर्नुभयो ।

आफ्नै रहनसहन, चाड तथा जात्रापर्वबारे सन्ततीलाई बुझाउन सके मात्र नेपालको मौलिक पहिचान जीवित रहने उहाँले बताउनुभयो । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ प्रकारका भाषाहरु छन् । सोही तथ्यांकमा ३५ प्रतिशत नेपाल भाषालाई मातृभाषा बोल्न नआउने उल्लेख गरिएको छ । यसको अर्थ राजधानीजस्तो सुुगम ठाउँमा बसोबास गर्ने सचेत रैथानेले पनि मातृभाषालाई छोड्दै गएको देखिन्छ । एक त फेसनका रुपमा आ–आफ्ना मातृभाषालाई बिर्सिएर दोस्रो र तेस्रो भाषा अँगालेको हुनाले नेपालमा भाषिक विविधतामा संकट पैदा भएको देखिन्छ ।

२०७२ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामै बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक देश उल्लेख छ । तर संविधानको भाग १ खण्ड ७ ९१० मा सरकारी कामकाजको भाषाका रुपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र उल्लेख छ । खण्ड ७ ९२० मा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

यति भइरहँदा स्थानीय सरकारअन्तर्गत काठमाडौं महानगरले भाषा संरक्षणको सवालमा हालै गरेको पहलकदमी स्वागतयोग्य भएको सरोकारवालाहरु बताउँछन । संघीय लोकतान्त्रिक गणतन्त्रमा ३ तहका सरकारमध्ये काठमाडौं महानगरपालिकाले भाषा क्षेत्रमा उदाहरणीय काम थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार प्रयोग गरी भाषा, संस्कृति र ललितकला संरक्षण र विकासमा प्रयास थालेको हो । स्थानीय पाठ्यक्रम तयार गरी सम्पदा, संस्कृति तथा स्थानीय भाषालाई विद्यायलस्तरमा पढाउने प्रयास भएको देखिन्छ । यसको प्रभावकारी कार्यान्वयन पक्ष भने हेर्नै बाँकी छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको कोडिभ–१९ सचेतना कमिटीले विभिन्न क्षेत्रका विज्ञसँग केही समययतादेखि अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । सोही क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीसँग २५औं कार्यक्रम गरेको हो । दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले सञ्चालन गरेको कार्यक्रमलाई गोरखापत्र दैनिकमा आबद्ध पत्रकार प्रजित शाक्यले संयोजक गर्नुभएको थियो । नेपाल समाचारपत्र दैनिक