१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

फेरिँदै छ पञ्चधुरामाई मन्दिरको स्वरुप

फेरिँदै छ पञ्चधुरामाई मन्दिरको स्वरुप
अ अ+ अ-

महोत्तरी । स्थानीय तहबाट देखभाल हुन थालेपछि मधेसकै प्रसिद्ध शक्तिपिठ पञ्चधुरामाई मन्दिरको स्वरुप फेरिन थालेको छ । बर्दिबास नगरपालिकाले मन्दिर परिसरको मर्मतसम्भार, रङरोगन, सरसफाइ र सौन्दर्यकरण गर्न थालेपछि मन्दिर परिसर आकर्षक बनेको छ । नगरले मन्दिर, मन्दिर पसिरका चौतारा, मुख्यद्वार र तलाउ घेराबार तथा रङरोगनको काम गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेर पुगिने महोत्तरीको बर्दिवास नगरपालिका–४ माईस्थानस्थित प्राचीन यो देवी शक्तिपिठ साक्षात भगवतीको निवास मानिन्छ ।

मधेशका सबै जिल्ला, छिमेकको सिन्धुली र उदयपुर एवं भारतको बिहार प्रान्तका कैयौँ जिल्लाका श्रद्धालुले यसलाई आस्थाको केन्द्र र दु:ख निवारणस्थलका रूपमा हेर्न गरेका छन् । यसपाली नगरपालिकाले काम थालेपछि मन्दिर परिसरको चहक बढेको बर्दिबास–४ माइस्थानका सामाजिक कार्यकर्ता सोम कार्की बताउनुहुन्छ । “आठ बिघा भन्दाबढी क्षेत्रमा फैलिएको यो मन्दिर धेरै नागरिकको आस्थाको केन्द्र हो तर विगतमा खण्डहरजस्तै बनेको थियो, यसपालि भने नगरपालिकाले चासो दिँदा मन्दिर परिसर जगमगाएको छ”, कार्कीले भन्नुभयो, “अब कमल पोखरीको मर्मतसम्भार र परिसरक्षेत्रमा तत्काल पक्की घेरबार गर्न आवश्यक छ ।”

मन्दिर परिसरमा यसपालि मुख्यमन्दिर मर्मत र रङरोगन, मन्दिर प्राङ्गणमा कलात्मक ढुङ्गा बिछ्याउने, मुख्यद्वार मर्मतसम्भार र रङ्गरोगनसँगैको तलाउ उत्खनन, चौतर्फी पक्की घेरबार, घाट निर्माण, रेलिङ जडान र विभिन्न जातका पूmल रोपिएका पञ्चधुरा माईमन्दिर सौन्दर्यीकरण समितिले जनाएको छ ।

यसपालि नगरपालिकाले मन्दिर परिसर सौन्दर्यीकरणका लागि रु २९ लाख उपलब्ध गराएको समितिका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभयो । मधेश प्रदेशको मात्र नभइ अन्य प्रदेश र केन्द्र सरकारको पनि धार्मिक गन्तव्य बन्नसक्ने भन्दै स्थानीय तीनै तहका सरकारले यहाँ आवश्यक काम गर्नुपर्ने आवश्यकता औँल्याउछन् । नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर यसलाई ट्रस्टका रूपमा विकास गरिनुपर्ने स्थानीय रामबहादुर राना बताउनुहुन्छ ।

मन्दिरको जग्गा संरक्षण र सम्भार, श्रद्धालु भक्तजनबाट प्राप्त भेटी, शुभकार्य र वनभोज शुल्कको हरहिसाब पारदर्शी गर्ने तथा वार्षिक आयव्यय सार्वजनिक गरिने प्रबन्ध नगरपालिकाले मिलाउनुपर्ने उहाँको माग छ । स्थानीय वाणिकराज काफ्ले पनि नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले नगरक्षेत्रका धार्मिक सम्पदाको संरक्षण र पर्यटकीय गन्तव्यको संस्थागत विकासका लागि निर्णायक पहलकदमी लिन आवश्यक रहेको बताउनुहुन्छ । “यहाँ पञ्चधुरामाई, टुटेश्वरनाथ मन्दिर, राइमण्डलधाम, मध्यपाषाण युगकालीन हतियार कारखाना, गिद्धबास, सोली घोप्टेडाँडा, बेसारेडाँडा र चनौटेडाँडासहितका धार्मिक र पर्यटकीय महत्वका ठाउँ छन्, नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले यी सबैबारे पहलकदमी लिन आवश्यक छ”, बर्दिबास–५ चेरु माइस्थानका काफ्ले भन्नुहुन्छ, “यसका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइ रहनुपर्छ ।”

पञ्चधुरामाई मन्दिर परिसरमा रहेको इनारको समयसमयमा मर्मतसम्भार र परिसरभित्र पूजाआराधनामा आउने श्रद्धालुको बसाइँ सहज बनाउन टहरा निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँलयाइएको छ । पछिल्ला दिनमा नगरक्षेत्रका धार्मिकस्थल र पर्यटकीय गन्तव्यबारे नागरिकमा चासो बढ्दै जानु सकारात्मक भएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय मातहतको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरालाल गौतम बताउनुहुन्छ । “स्थानीयतहले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले यस भेगका धार्मिकस्थलमा सघन आउँजाउ बढाउनुभएको छ । केन्द्र र प्रदेश सरकारका बजेटमा यहाँका धार्मिक तथा पर्यटकीयस्थल परेका छन्” गौतमले भन्नुभयो, “यसैगरी स्थानीयवासीको चासो पनि बढेको छ, अब यहाँका कामले गति लिने विश्वास जागेको छ ।”

बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरक्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो । नगरपालिकाले यी कामका लागि स्रोत व्यवस्थापन गर्न प्रदेश तथा केन्द्र सरकारको समेत ध्यानाकर्षण भइरहेको उहाँको भनाइ छ । “हामीले आन्तरिक स्रोतबाट सकिने काम गरिरहेकै छौँ तर बढी स्रोत आवश्यक पर्ने कामका लागि प्रदेश र केन्द्र सरकारसँग पनि आवश्यक समन्वय भइरहेको छ । यसमा सबै सरोकार भएकाहरूबाट सहयोगको अपेक्षा गरेका छौँ”। नगरप्रमुख क्षत्रीले भन्नुभयो । रासस