१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भदौ १४ बाट हुने

विभिन्न देशका लागि प्रस्तावित  राजदूतहरुको सुनुवाई भदौ १४ बाट हुने
file photo
अ अ+ अ-

काठमाडौँ । विभिन्न देशका लागि प्रश्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

सभापति न्यौपानेले भन्नुभयो,‘आज हामीले राजदुत नियुक्ती प्रक्रिया अन्तर्गत उजुरी कर्ताहरुको उजुरी खोलेका छौं । अव सुनुवाईको प्रक्रियामा अघि जाँदैछौं । संसद १३ गतेसम्म छ । त्यसैले १४ गतेदेखि निरन्तर गरौँ । पहिलो दिन हामीले ४ जना राखेका छौं । यसलाई धेरै नलम्ब्याऔं । उहाँहरुको सुनुवाई सकिनेबित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्युसँग पनि छलफल गर्ने नै छौं । १४ गते उजुरीकर्ताको उजुरी सुन्ने । त्यसपछि १६, १७ , १८ र १९, २० गते हाम्रो निरन्तर जान्छ । त्यसपछि २१, २२ र २३ एक दिन गते बिदा हुन्छ । एक दिन शनिवार परेको र पञ्चमी । तिज भएकाले बिदा हुन्छ । २४ र २५ फेरि हामो निरन्तर जान्छ । त्यो बीचमा हामीले परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्छौं ।’

‘उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ । विभिन्न देशका लागि नेपाली राजदुतमा प्रश्तावित व्यक्तिको सिफारिसको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याँई र यसको औचित्यता स्पष्ट पार्न लगाउने, प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्यगरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दुछु । समितिको अर्को बैठक भदौ १४ गते बोलाइनेछ ।’

समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोलि समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।