१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

बजेट अभावले अस्पताल निर्माण अधुरै

बजेट अभावले अस्पताल निर्माण अधुरै
अ अ+ अ-

ढोरपाटन । बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् ।

ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो । आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । नगर अस्पताल विसं २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो ।

विसं २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा निर्माण कम्पनीले रु आठ करोड २४ लाखमा जिम्मा लिएको थियो । पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउनुहुन्छ । यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै रु एक करोड ७० लाख बजेट अपुग भएको उहाँको भनाइ छ ।

निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्षअगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा नि:शुल्क व्यवस्थापन गरेको थियो । ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो । नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ । निर्माण कम्पनीले गत वर्ष भदौमै नगरपालिकामा रु छ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउनुहुन्छ ।

अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा लिएको अदैको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेस्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदै बताउनुहुन्छ । विसं २०८२ असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उहाँले गर्नुभयो । अहिले बजेट नै नपरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नगर अस्पताल निर्माणको जिम्मा त पायौँ तर काम गरेको रकम पाउन सकेनौँ, करोडौँ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, निसीखोलाको भुक्तानी पायौँ अब ‘फिनिसिङ’को काम बाँकी थियो, तर बजेट नै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ ?”

ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई काम गरेकै रु छ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताउनुभयो । रासस