१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

अर्थमन्त्रीको आग्रह: मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस्

अर्थमन्त्रीको आग्रह: मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस्
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गर्नुभयो । उहाँले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिनु भयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताउनु भयो । उहाँले अहिलेको संसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीलाई एउटा अफ्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ? म यहाँहरुसँग के राख्न चाहन्छु भने मन्त्रीज्युहरुलाई भाषण होइन काम गर भनेर यहाँहरु सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका संगठनहरु छन्, यहाँहरु महत्वकासाथ बोलाउनु हुन्छ, नआउँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतित हुन्छ । त्यसैले विशेष गरी छाता संगठनका साथीहरु हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नैपर्ने, बुझ्नैपर्ने, गर्नैपर्ने कामका लागि सुझाव दिन अरु कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरु समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’

उहाँले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि बताउनु भयो । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनु भयो । अर्थतन्त्रका सबै सूत्रहरुमा यथेष्ठ अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने बताउनु भयो ।