• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

देउवाले गगन–विश्वसँग छलफल गर्दै, प्रतिवेदन परिमार्जनको कसरत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत् महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल गर्न देउवाले ११ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । सभापति देउवाले उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जनका लागि महामन्त्रीद्वयसँग सहमति जुटाउने प्रयास गरेका हुन् ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावमा केन्द्रीय समितिमा मतभेद छ ।

दुवै महामन्त्रीका प्रतिवेदन संशोधनसहित पारित गर्नका लागि सभापति देउवाले छलफलका लागि बोलाएका हुन् । तर महामन्त्रीहरु आफूहरुको प्रस्ताव परिमार्जन गर्न तयार छैनन् ।

महामन्त्रीद्वयका प्रस्तावमा सहमति हुन नसक्दा गत साउन २३ गतेदेखि सुरु केन्द्रीय समिति बैठक २८ गतेसम्म चलेर भदौ ६ गते सम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि भदौ ७ गते बसेको बैठमा पनि सहमति जुट्न नसके पछि भदौ १२ गते बस्नेगरी स्थगित भएको थियो ।