• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   वर्षे अधिवेशनको ५३ दिनः यस्ता छन् काम कारवाही (पूर्णपाठ) ★   यी हुन् १० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित) ★   प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   नेपाल र क्यानडाबीचको खेल कहाँ लाइभ हेर्ने ? ★   मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने ★   एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ? ★   मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने



काठमाडौँ । यु–२० साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा भारतलाई हराउदै बंगलादेश फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा बंगलादेशले भारतलाई ४–३ ले हरायो ।

बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गर्दा भारतका परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे।

अब उपाधिका लागि बंगलादेश र नेपाल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछन्। यसअघि सोमबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै पराजित गरेर फाइनल प्रवेश गरेको थियो।