२ माघ २०८१, बुधबार
,
Latest
कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या



अ+ अ-

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भन्नुभयो, “पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।”

उहाँले भन्नुभयो, “पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।”

काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।

जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी ९बीएलए० का लडाकू जिम्मेवार रहेको देखिन्छ ।

बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।