२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्रको घोषणा: जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौं



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गर्नुभएको छ ।

आईतवार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सचेत र संगठित गर्न आफूहरले चार महिने अभियान चलाएको बताउनु भयो । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताउनु भयो । उहाँले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताउनु भयो । उहाँले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताउनु भयो । जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भुमिका खेल्नका लागि तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ । यसपछि यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरुलाई लिएर जनताका सवाललाई लिएर हामी सडक संघर्षमा जानैपर्छ । यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन । अब पनि यिनीहरुकै भरमा देश र जनताको भविष्य छोड्ने कुरा हुँदैन । अब हामीले हस्तक्षेपकारी भुमिका सडकबाट जनताको बीचबाट खेल्नका लागि तयार रहनुपर्छ । त्यसको लागि यो तयार हो । अब संविधान संशोधनको कुरा आइरहेको छ । नेताहरुको भाषण सुनेँ, राजनीतिक स्थिरता भएन, त्यसकारण यो समानुपातिक समावेशी हटाउने पर्छ । समानुपातिक, समावेशीमा को परेका छन्, दलित, जनजाति, महिला, मुस्लिम परेका छन् । यिनीहरुको भागिदारी हुने हो भनेर हटाउने हो । त्यो हटाएर राजनीतिक स्थिरता हुँदैन ।’

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताउनु भयो ।