१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्छ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार स्व गायक जेबि टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा रहेपनि खेलकुद, गीत, संगीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताउनु भयो । उहाँले खेलको नियमलाई राजनीतिमा पनि उतार्नसके सफल बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा पनि हुन्छौँ । तर जब खेल र कलाको कुरा आउँछ, जब संगीतको कुरा आउँछ, हामी एउटै छातामुनि हुन्छाँै । खेलको नियमलाई राजनीतिमा पनि उतार्न सक्नुपर्छ ।’

अभिनेता धिरेन शाक्यले आत्मियाता आदानप्रदानका लागि खेलेको बताउनु भयो । उहाँले दुवै तर्फबाट उत्कृष्ट टिम रहेकाले खेल उत्साहप्रद रहेको बताउनु भयो ।

राजनीतिक दलका नेता र कलाकारहरुले स्व जेबि टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । जेबि टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरुबीच फुटसल भएको हो ।