• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री ★   नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक ★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो

साफ यु–२० च्याम्पियनसिप: भुटानलाई हराउदै नेपाल फाइनलमा



काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई हराउदै नेपाल फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा भुटानलाई  पेनाल्टीमा ४–१ले हराउदै नेपाल फाईनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

अब नेपालले भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।