२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै पनि फाइल तीन दिन भन्दा बढी नरोकौ : वन मन्त्री शाही



अ+ अ-

काठमाडौ—वन तथा बातारबण मन्त्री ऐनबहादुर शाही ठकुरीले आयोजना निर्माणको निम्ति आएका फाइलहरु तीन दिन भन्दा बढी नरोक्न निर्देशन दिएका छन ।

आइतबार मन्त्रालयमा आयोजित बैठकमा सहभागी वन तथा बाताबरण मन्त्रालय अन्र्तरगतका महाशाखाका प्रमुखलाई वन मन्त्री शाहीले सेवाग्राहीको फाइलको जवाफ तीन दिन भित्र दिन निर्देशन दिएका छन ।

कागज नमिलेका फाइल सम्बन्धित निकाय ब्यक्तिलाई फिर्ता गरि दिनुस मन्त्रीको भनाई छ । बाधा अडचन देखाएर काम बाट पन्छिने काम नगर्नुस् मन्त्रीले भने अप्ठेरालाई फुकाएर सेवाग्राहीका कामकाजलाई तिब्रता दिनुस् । हामी बिकास गर्छौ भनेर आएका लगानीकर्तालाई निरुत्साहित बनाउने काम नगरौ काम गरि दिएर उत्साहित बनाउने कामतिर लागौ ।

मन्त्रालयमा अनुगमन टिम बनाउ कानुनको उल्लघन गर्नेलाई कारबाही गरौ मन्त्रीको भनाई छ । अप्ठेरा ऐन नियमावली संशोधन गरौ मन्त्री शाहीले भने झिनामसिना कुरामा अल्झिएर राष्ट निर्माण कार्यलाई ओझेलमा नपारौ । मन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई पालना गरौ ।

सय दिने कार्य योजनालाई प्रभावकारी बनाउन अन्तरआत्म देखि केही काम गर्छु भन्ने भावना बढाउ मन्त्रीको भनाई छ । कामको आधारमा तपाईहरुको मुल्याकन हुन्छ मन्त्री शाहीले भने काम नगर्ने प्रमुख कर्मचारीलाई त्यति खेर जवाफ दिइने छ ।

हामी काम गर्छौ भनेर आएका छौ राज्यमन्त्री रुपा बिकले भनिन ढिलासुस्तीमा नअल्झियौ सबै मिलेर फाष्ट टयाकमा काम गरौ । नेपालमा उत्पादित काठलाई कसरी उपभोग गर्ने भन्ने सोच्नै पर्ने बेला आएको राज्यमन्त्री बिकले भनिन आफनो बनको काठ खेर फालेर बाहिर बाट काठ ल्याएका छौ ।