१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कापुचे कलायात्राः कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी

कापुचे कलायात्राः कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी
अ अ+ अ-

काठमाडौँ । प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् । 

धेरैजसको समय काठमाडौँ र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कापुचेले तानेर त्यहाँ पु¥याएको बताउनुभयो । यसअघि उहाँहरुले मार्दीमा पुगेर त्हाँका हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष नबित्दै अर्को महत्वपूर्ण यात्रा तय गर्नुभयो ।

कापुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ । “उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलौ अनूभूति मिलेको छ”, उहाँले भन्नुभयो, “रङमा कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी, क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन, स्वर्गको टुक्रामा बसेर कला सिर्जना गरेको महसुस भयो ।”

आइतबार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो । घामका किरणको स्पर्शपछि बिस्तारै फैलिन थाल्थ्यो । कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेको उहाँले सुनाउनुभयो । कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पद मार्गका रुपमा विकास भएको क्षेत्र हो । कास्की जिल्लाको उत्तर–पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो । समुन्द्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट छ घन्टाको पैदल यात्रामा पुगिन्छ । त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ । 

त्यस वरपरका दृश्यले निकै लोभ्याउने कलाकार मताङले बताउनुभयो । “अनि त्यसैको काखमा बसेर क्यान्भासमा दृश्य उतार्न कम्ता मजा भएन”, उहाँले भन्नुभयो । कापुचेको अर्थ झरेको बरफ हो । नाम अनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ । हिउँले ढाकिएको पहाडको बीचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिराले आकर्षण थप्छ । यसपालि शनिबारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कापुचे कलायात्रा पूरा गरेर फर्किएका हुन् । शनिबार र आइतबार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरुले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन् । 

कलाकारका अनुसार जानलाई केही चुनौती भयो । साँघुरो बाटो, भिर, पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उहाँहरुले सुनाउनुभयो । “बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जे झैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ”, मताङले भन्नुभयो । 

गएको शुक्रबार काठमाडौँबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिबार र आइतबार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमबार काठमाडौँ आइपुगे । अन्य बाँकी कलाकारले काठमाडौँकै विभिन्न क्षेत्रमा चित्र सिर्जना गर्नुभएको थियो । विगत तीन वर्षदेखि शनिबारीय चित्रकला कार्यशाला अभियानका संयोजक दिवेश प्रधानले सुन्दर तर चुनौतीका बीच कार्यशालामा सहभागी भएर आएकाले दुवैलाई सम्मानसमेत गरेको बताउनुभयो । कापुचे पुगेका दुईसहित चन्द्रा श्रेष्ठलाई ललितकला मञ्च नेपालले शुक्रबार सम्मान गरेको थियो । प्रधानको संयोजकत्वमा शनिबारीय कला कार्यशाला जारी छ । सोही अभियानअन्तर्गत दुई कलाकार प्रकृतिसँग रमाउँदै खुला आकासभित्रका दृश्यलाई क्यान्भासमा कैद गर्न पोखराको विकट तर रमणीय क्षेत्र कापुचे पुग्नुभएको हो ।

संयोजक प्रधानका अनुसार अभियानकै क्रममा अब प्लेन एयर कन्भेन्सन, प्रतिस्पर्धात्मक चित्रकला कार्यशाला, प्लेन एयर टकलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । उहाँले यस अभियानअन्तर्गत कालापत्थरमा पुगेर चित्रकला कार्यशाला गर्ने योजना रहेको पनि बताउनुभयो । “कलामा समाजवाद ल्याउने हाम्रो उद्देश्य हो, अहिले एउटा कला प्रदर्शनी गर्दा कम्तीमा रु एक लाख खर्च हुन्छ, त्यसलाई हामी खर्चै नगरी सामान्य कलाकारले पनि सिर्जना गर्न र प्रदर्शनी गर्न सकोस् भनेर अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो । 

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम धमलाले कलाकार सबैको साझा गहना भएकाले यस्ता कलाकारलाई राज्यले नै सम्मान गर्नुपर्छ भन्ुनुभयो । “आस्था आफ्नो ठाउँमा होला तर पार्टीले मेरो र तेरो नभनी कलाकारलाई उत्तिकै सम्मान दिनु जरुरी छ”, उहाँले भन्नुभयो । –नारायण ढुङ्गाना