• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन ★   सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’ ★   धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो ★   दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी ★   पूर्वमन्त्री शर्मालाई पितृशोक ★   रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ: देउवा ★   दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अङ्कले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ ।

कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर तीन दशमलव ९५, बोटलर्स नेपाल बालाजु तीन दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी तीन दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।