१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू
अ अ+ अ-

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता,  राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताउनुभयो । 

उहाँका अनुसार आइतबार र शुक्रबार लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मङ्गलबार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले बार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ ।

‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को आयोजनामा आजदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र, मङ्गलगढी चोक, मुख्य बजार क्षेत्रमा मास्क वितरण ग¥यो । मास्क नलगाई घर बाहिर निस्केका नागरिकलाई मास्क वितरण गर्नुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिएको थियो । कोरोना भाइरसको दोस्रो लहरमा पनि मास्क वितरण अभियान सञ्चालन भएको तर विस्तारै कोरोनाको जोखिम कम हुँदै गएपछि सेलाएको यो अभियान जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पुनः सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री शाहीले कोरोनाका बढ्दो सङ्क्रमणलाई नियन्त्रण गर्न प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । “कम्तीमा घरबाहिर निस्किँदा सबैले अनिवार्य मास्क लगाउने हो भने सङ्क्रमण फैलावट रोक्न धेरै मद्दत पुग्दछ”, उहाँले भन्नुभयो, “सानो लापरवाहीले आफू र परिवारमात्र नभई सिङ्गो समाज सङ्क्रमित हुने अवस्था निम्तिन सक्छ, त्यसैले कम्तीमा मास्कको प्रयोग गरौँ, अनावश्यक भीडभाड नगरौँ ।” मुख्यमन्त्री शाहीले सङ्घीय सरकारको सहयोगमा प्रदेश सरकारले खोप अभियानलाई सञ्चालन गरिरहेकाले आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक खगेन्द्रप्रसाद रिजालले कोरोनाको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । अनुगमनका क्रममा अधिकांश नागरिक मास्कबिनै हिँडडुल गरिरहेको पाइएपछि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा जनचेतनामूलक अभियानअन्तर्गत मास्क वितरण गरिएको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रिजालले आइतबारदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई भने कारबाही पनि गरिने बताउनुभयो । सुर्खेतमा हाल ५९६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । शुक्रबारमात्रै सुर्खेतमा २१५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।