• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

पाइलट बाबाको निधन



काठमाडौं । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ ।पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा उहाँको दिल्लीको एपोलो अस्पतालमा निधन भएको  छ ।

जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

उहाँको हरिद्वारमा समाधि लगाइने बताइएको छ । उहाँ भारतीय वायुसेनामा विंग कमाण्डर हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उहाँले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिनु भएको थियो ।

पाइलट बाबाको महासमाधीको जानकारी उहाँको इन्स्टा एकाउन्टमार्फत आएको हो ।

इन्स्टाग्राममा लेखिएको छ-ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ।