२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा



अ+ अ-

एजेन्सी । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका शहरहरूको लागि आफ्नो खुशीको ¥याकिङ जारी गरेको छ ।

कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख शहरहरूमध्ये सिनोप ७७.६६ प्रतिशतमा शिर्ष स्थानमा छ । टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६.४३ प्रतिशतको खुशी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ ।

पूर्वी एनाटोलिया शहर बेबर्ट ७५.९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५.४८ प्रतिशतको खुशी दरका साथ चौथो स्थानमा छ । एजियन क्षेत्रको कुटाह्या सहरको खुशी दर ७३.७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३.५ प्रतिशत रहेको छ ।

ब्ल्याक सी शहर डुज्सेले ७२.७७ प्रतिशत खुशीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२.३४ प्रतिशतको साथ पछ्याएको छ । दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१.६५ प्रतिशतको खुशी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१.३६ प्रतिशत रहेको छ ।




भर्खरै