१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्छ: कानूनविद्हरु

स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्छ: कानूनविद्हरु
अ अ+ अ-

काठमाडौं ।कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताउनु भयो । उहाँले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेशसभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताउनु भयो । वरिष्ठ अधिवक्ता महतोले एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पार्नुभयो ।

वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, ‘यो भन्दा अघि जुन जुन मितिमा चुनाव भएको थियो त्यही मितिमा स्थानीय तहको चुनाव गरिनुपर्छ । ता कि संविधान र कानूनको मर्म, जुन ५ सालको जीवन छ स्थानीय तहको । हरेक सथानीय तहलाई ५ वर्षको ग्यारेन्टी छ । असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा, आीश्वनमा भएको छ भने आश्विनमा त्यसलाई घटिबढी गर्न मिल्दैन । स्थानीय तह निर्वाचन ऐन त्रुटिपूर्ण छ, त्यो गलत छ । प्रदेशसभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम हो । स्थानीय तहमा चरणको कुनै सबाल नै छैन । चरणको कल्पना नै भएको छैन । तीन तहको निर्वाचन एकैपटक त्यो कसरी सम्भव होला ? हरेक प्रदेशसभा स्वायत्त छन् । उनीहरुको ५ वर्षको अवधि छ, त्यो ५ वर्षलाई संघीय सरकारले घटाउन सक्छ ? विघटन गर्न सक्छ ? एकै पटक निर्वाचन गर्ने नाममा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग छैन ।’

कार्यक्रममा कानूनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गर्नुभयो । उहाँले शंकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले शंकट नभएकोले समयमै निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन लम्ब्याउने कुरा नगरी यथास्थितीमा नै निवाृचन गराउनु पर्ने बताउनु भयो ।  

कानूनविद् भण्डारीले भन्नुभयो, ‘संघीय संसद र प्रदेशसभाको निर्वाचन शंकटकालीन अवस्था आएमा एक वर्षसम्म लम्ब्याउन पाइन्छ । अहिले मुलुकमा शंकट आएको छैन, त्यसैले यसलाई लम्ब्याउने कुनै पनि किसिमको षड्यन्त्र वा त्यस किसिमको सोचहरु प्रत्युत्पादन हुन्छन् । स्थानीय तहको समयावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ । तर त्यो ६ महिना किन राखिएको हो भने अवधि सकिन्छ अनि ६ महिनामा गरौँला भनेर होइन, विशेष परिस्थिती प-यो, गर्न नसकिने अवस्थामा परेपछि हो ।

अहिले निर्वाचन गर्न नसकिने अवस्था छैन । कोभिडको कारण देखाइन्छ भने भारत लगायतका विश्वका अन्य देशमा इलेक्शन भइरहेको छ । त्यसैले यसलाई ६ महिनाको अवधिलाई टेकेर इलेक्शन ल्म्ब्याउन पाइँदैन । इलेक्शन समयमा हुनुपर्छ त्यो नै डमोक्रेशी हो । हाम्रो देशमा संसदीय निर्वाचन प्रणाली असफल भएको छ । दुई तिहाईको सरकार पनि पूरा अवधि टिक्न सकेन । संसद चल्न सक्दैन, अदालतले सरकार बनाउने काम गर्छ, कसलाई प्रधानमन्त्री बनाउने, कति घण्टाभित्र बनाउने भनेर तोक्ने काम गर्छ । अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा, छलकपटमा आधारित छ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताउनु भयो । उहाँले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रबिरुद्धको षड्यन्त्र भएको आरोप लगाउनु भयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नुभयो, ‘यो तीन तहकै निर्वाचन कुन आएको छ । यी तीन तहको निर्वाचन एउटै मितिमा किन सम्भव छैन भने पहिला एउटै मितिमा निर्वाचन भएको थिएन । यसको कार्यकाल फरक मितिमा शुरु भएकोले अहिले एउटै मितिमा निर्वाचनको कुरा हामी नगरौँ । यसै पनि तीन तहको निर्वाचन एउटै चरणमा व्यवस्थापकीय दृष्टिकोणले, पनि सजिलो छैन । हामीले एकै तहको निर्वाचन त एउटै मितिमा गर्न नसकेर स्थानीय निर्वाचन नै कतिपटक तीन पटकमा गरेका छौँ । संसदको चुनाव पनि विभिन्न चरणमा गर्नुपरेको छ । त्यसैले एउटै मितिमा गर्नुपर्छ भन्ने कुरा संवैधानिक रुपमा पनि सम्भव छैन र व्यवहारिक रुपमा पनि । एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा अघि सारिएको छ यो कपटपूर्ण छ । किनभने स्थानीय निर्वाचनको मिति तोक्ने बेला आइसकेको छ । मिति तोक्नै पर्ने कानूनि र संवैधानिक बाध्यता छ । स्थानीय तहको कार्यकाल समाप्त भइसकेको छ । जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुनैपर्नेछ । संसदको चुनावसहित सबै चुनाव एउटै मितिमा गरौँला त्यो भनेको लोकतन्त्रबिरुद्धको षड्यन्त्र जस्तो मलाई लाग्छ । स्थानीय सरकारबिरुद्धको षड्यन्त्र हो । कुनै पनि तहमा जनप्रतिनिधि बिहीन कुरोको कल्पना संविधानले गरेको छैन ।’

त्यस्तै नेकपा (एकिकृत समाजवादीका ) का नेता डा. खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताउनु भयो । उहाँले अहिले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गर्नुभयो ।

नेता देवकोटाले भन्नुभयो, ‘स्थानीय तहको चुनाव समयमै नगर्ने भन्ने कुनै सवाल नै छैन । मलाई लाग्छ कोही पनि अहिलेको सत्तापक्ष दलदेखि लिएर कोही पनि स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ भनेका छौँ । अर्को कुरा अर्ली इलेक्शनको कुरा आएको छ, स्थानीय तहको चुनावसँगै प्रतिनिधिसभाको चुुनाव गर्न सकिन्छ कि सकिँदैन भनेर प्रतिनिधिसभा र प्रदेशसभा एकैपटक भएको थियो, अब अहिले किन छुटाउने भन्ने कुरा हो ।’

नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताउनु भयो ।