२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुन:सञ्चालन



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुन:सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि उक्त क्षेत्रलगायत नाम्चे, खुमजुङ्ग, पानी ट्याङ्कीका (बिटीएस) टावरहरु बन्द भएकोे थियो । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा पुन:सञ्चालन गरिएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । हिमताल फुटेर थामे खोलामा आएको बाढीले पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युत्को पावर हाउसमा क्षति पुर्‍याएपछि सो गाउँमा विद्युत् टेलिफोन लगायतका सेवा अवरुद्ध थियो । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षती पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा खुम्बु पासाङल्हामु–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सुचारु गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

टेलिकमका अनुसार स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमा तत्काल फोन गरी वैकल्पिक ऊर्जामार्फत सेवा सुचारु गर्न निर्देशन दिनुभएको थियो । रासस