२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ बिस्थापित



अ+ अ-

एजेन्सी । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ ।

जसकारण सयौँ बासिन्दा बिस्थापित भएका छन् । कर्सियाका जिल्लामा शुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ । हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ । कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्याधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिनुभएको छ । सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिनुभयो ।

युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई सम्बोधन गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।