१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्म स्थगित, सर्यो केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।  

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते दिउसो १ बजे बस्न गरी बोलाएको हो ।  बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव माथि अध्ययन गर्नका लागि समय दिइएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

बैठकमा सचिवायल सदस्य इश्वर पोखरेलले अध्यक्ष ओलीले पठाउनुभएको पत्र पढेर सुनाउनुभयो । अध्यक्ष ओलीले पत्र मार्फत अध्यक्ष प्रचण्डले ल्याउनुभएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णय समेत गरेको छ ।