१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबै अध्यक्षको प्रस्ताब स्थायी समितिको एजेण्डा बनेन



अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दुबै अध्यक्षले पेश गरेको प्रस्ताबलाई बैठकको एजेण्डा नबनाउने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले दुबै अध्यक्षले एक अर्काप्रति आरोप लगाउदै पेश गरेको प्रतिबेदनलाई एजेण्डा नबनाउने तर उहाँहरुले त्यसमा रहेर आफना धारणा भने राख्न सक्ने मार्ग प्रसस्त  गरेको छ ।  

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ पुस्ताका लागि आफु अध्यक्ष पद छाड्न तयार रहेको जानकारी गराउनु भएको थियो । यस अघि अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले पनि नयाँपुस्तामा नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताउनु भएको थियो ।

महासचिब बिष्णु पौडेलले पनि सचिवालयको जिम्मेबारी निर्बाह गर्न नसकेको कारण सचिवालयका सबै सदस्यहरुले स्थायी समिति समक्ष हात उठाउनका लागि सुझा दिनु भएको थियो । दुई अध्यक्ष बीच बढेको  मनमुटाब कम गर्न का लागि  प्रस्ताब बैठकको एजेण्डा नबनेका र  मङ्सिर २८ सम्म सहमतिको खाका तयार हुने एक स्थायी समितिका सदस्यले न्यूज पोलारलाइ जानकारी दिनुभयो । दुबै अध्यक्षले औपचारीक रुपमा नेतृत्व हस्तान्तरणको कुरा राखेपछि अब नेकपा भित्रको बिवाद नयाँ एजेण्डामा प्रबेश गरेको छ ।