१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबै अध्यक्षको प्रस्ताब स्थायी समितिको एजेण्डा बनेन



अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दुबै अध्यक्षले पेश गरेको प्रस्ताबलाई बैठकको एजेण्डा नबनाउने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले दुबै अध्यक्षले एक अर्काप्रति आरोप लगाउदै पेश गरेको प्रतिबेदनलाई एजेण्डा नबनाउने तर उहाँहरुले त्यसमा रहेर आफना धारणा भने राख्न सक्ने मार्ग प्रसस्त  गरेको छ ।  

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ पुस्ताका लागि आफु अध्यक्ष पद छाड्न तयार रहेको जानकारी गराउनु भएको थियो । यस अघि अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले पनि नयाँपुस्तामा नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताउनु भएको थियो ।

महासचिब बिष्णु पौडेलले पनि सचिवालयको जिम्मेबारी निर्बाह गर्न नसकेको कारण सचिवालयका सबै सदस्यहरुले स्थायी समिति समक्ष हात उठाउनका लागि सुझा दिनु भएको थियो । दुई अध्यक्ष बीच बढेको  मनमुटाब कम गर्न का लागि  प्रस्ताब बैठकको एजेण्डा नबनेका र  मङ्सिर २८ सम्म सहमतिको खाका तयार हुने एक स्थायी समितिका सदस्यले न्यूज पोलारलाइ जानकारी दिनुभयो । दुबै अध्यक्षले औपचारीक रुपमा नेतृत्व हस्तान्तरणको कुरा राखेपछि अब नेकपा भित्रको बिवाद नयाँ एजेण्डामा प्रबेश गरेको छ ।