१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।  ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा बस्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा गर्नुभएको सम्बोधन लगायत अन्य बिषयमा  नेकपा एमालेको दृष्टिकोण सार्बजनिक गर्न अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्न लाग्नु भएको थियो । तर कोराना परिक्षण रिपोर्टमा पोजेटिभ आएपछि प्रेश बिज्ञिप्ति मार्फत  एमालेले आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने तयारी गरेको छ ।