१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी

कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रको नाममा नेपालीहरुलाई विदेश पठाइएको भन्दै यस बारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनुभएको हो ।

उहाँले एउटै व्यक्तिले म्यानपावर कम्पनी र कन्सल्टेन्सी खोल्ने गरेको र म्यानपावरबाट नभई कन्सल्टेन्सीबाट विदेश पठाउने गरेको भन्दै यसप्रकारको काम गर्नेलाई कारबाही गरिने बताउनु भयो । यो विषय सरकारको मात्रै विषय नभएकोले व्यवसायीहरुलाई पनि आफूले ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो ।

उहाँले म्यानपावर कम्पनी खोलेर दुई वर्षसम्म एकजना मान्छे नपठाउने कम्पनीहरुले आशंका जन्माएको पनि उहाँले बताउनु भयो । उहाँले मन्त्रिपरिषद्को बिहीबारको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१/०८२ का लागि नविकरण गर्न दिनेगरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुई वर्षसम्म एउटा पनि मान्छे नपठाउने कम्पनी पनि छन् । दुई वर्षमा ९९ जना पठाउने कम्पनी पनि छन् । १ जनाले नपुगेका पनि छन् । के हो समस्या रु दुई वर्षदेखि कम्पनी दर्ता गरेर एकजना मान्छे पनि पठाएको छैन । कम्पनी चलिरहेको छ । घर छँदैछ । अफिस भइरहेको छ । पैसा पनि तिरिराखेका छन् । स्टाफ पनि राखिराखेका छन् । काम केही गरिराखेका छैनन् । यसले शंकाको परिस्थिति सिर्जना गरेको छ । एक वर्षदेखि युरोपदेखि जापान, कोरिया लगायतका मुलुकहरुबाट प्रमाणिकरण भएको छैन । तर प्रमाणिकरण भएको छैन भने त्यो मुलुकमा चालिस हजार मानिस कसरी पुगिराखेका छन् ? व्यवसायिले मान्छे पठाउन पाएको छैन ।

कम्पनीले डिमान्ड लिएर आएको प्रमाणिकरण भएको छैन । तर गत वर्षकै कुरा गर्ने हो भने ४० हजारभन्दा बढी युरोप पुगेको अवस्था देखिएको छ । त्यो कसले पठायो रु त्यो बारेमा गम्भीर छलफल गर्नुपर्ने विषय छ । हामी अनुसन्धान गरिरहेका छौँ । शैक्षिक परामर्श९कन्सल्टेन्सी०को नाममा मानिसहरुलाई बाहिर पठाइरहेका छौँ । हामीले केही कारबाही पनि गरेका छौँ । उही मान्छेले म्यानपावर कम्पनी खोलेका छन् । उही मान्छे कन्सल्टेन्सीमा छन् । त्यस्तो खालको विकृति छ । यो मैले व्यवसायीहरुलाई ध्यानाकर्षण गरें । जुन सय जनाको कुरा छ हिजोको मन्त्रिपरिषद्को निर्णयले सय जना नपुगेकालाई पनि बाधा अड्काउ फुकाएर दर्ता गर्ने बाटो खोलिदिउँ । अब दर्तामा अगाडी बढ्छ । तर हामी हेर्छौ, कम्पनीहरु नियमित छन् कि, अनियमित छन् कि, वैधानिक छन् कि के काम गरेका छन् भन्ने हेर्नैपर्ने हुन्छ । हामी हेर्छौं ।’

उहाँले नविकरण भएका म्यानपावर कम्पनीहरु नियमित, अनियमित कुन अवस्थामा छन् सो को मन्त्रालयले अध्ययन गर्ने बताउनु भयो ।