२ माघ २०८१, बुधबार
,
Latest
सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो: प्रधानमन्त्री राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुँदै नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघद्धारा स्वागत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ती उल्लेख छ ।

उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्नुभएको थियो । “नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उहाँले भन्नुभयो, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”

राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो । “मलाई नेपालको वातावरण असाध्यै मन पर्छ,” उहाँले भन्नुभयो, “नेपालको हिमाल तथा पर्वत शृङ्खला विश्वका थुप्रै पर्यटकलाई आकर्षणको केन्द्र हुन् ।”