१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफ: देश रहरमा चल्दैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उहाँले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गर्नुभयो । उहाँले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताउनु भयो । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक काँग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’

सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।