१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने
फाईल फोटो
अ अ+ अ-

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हिमालय उद्धार सङ्घले जनाएको छ ।

सदरमुकाम धुन्चेस्थित शिवमन्दिर चोकमा सञ्चालन हुने शिविरमा तीर्थयात्रुको प्राथमिक तहको स्वास्थ्य परीक्षण गरी गोसाइँकुण्ड जाने बाटोअन्तर्गत मिनी गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा आवश्यकताअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

स्थानीय जिल्ला रेडक्रस र आयुर्वेदिक संस्थाले मिनी गोसाइँकुण्ड, नेपाली सेनाले चोलाङपाटी, गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक र हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा अक्सिजनसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष डिएमले बताउनुभयो । भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गर्न भनी हिमालय उद्धार सङ्घका सात सदस्यीय चिकित्सकको समूह लौरिविनायक पुगिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा साढे तीन करोडभन्दा बढी देवीदेवताको गोसाइँकुण्डस्थित नीलकण्ठ दहमा बास हुने भएकाले एक साथ सबैको दर्शन मिल्ने जनविश्वाससहित तीर्थस्नान एवं पूजाआजाका लागि जोखिम मोलेर त्यसतर्फ भक्तजन जाने गरेको भन्ने शास्त्रीय मान्यत रहिआएको छ । रासस