१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

बागलुङ बजारमा लाखेको रौनक

बागलुङ बजारमा लाखेको रौनक
अ अ+ अ-

गलकोट । बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो ।

शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ । साउनको चतुर्दशीदेखि नाचिने लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रङ्गीविरङ्गी कपडासहित नाच्ने गर्छन् । लाखे नाच हेर्न गएका बालबालिकाले ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने दृश्य रोचक देखिन्छ ।

तीन सय वर्ष अघिदेखि राक्षसको रुपमा रहेको घण्टाकर्णलाई मारेपछि पुन:राक्षसको अवतार नदोहोरियोस् भन्न लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।

“तीन सय वर्ष पहिला काठमाडौँबाट व्यापार गर्न बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारको रुपमा लाखेनाच लिने गरेको छ”, शाक्यले भन्नुभयो, “नेवार समुदायले लाखे संरक्षण गर्दै आएका छन्, गाईजात्राको दिनदेखि पुन: भदौरे नाच प्रदर्शन हुन्छ ।”

एक महिना नाचिने लाखेमा लाखेको भूमिकामा नाच्ने कलाकार पाउन गाह्रो हुन थालेको छ । स्थानीय सरकारले लाखे र भदौरे नाच संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । लाखे र भदौरे नाचमध्येको एक जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकोमा होवा नाच, रोपाइँ नाच, जोगी नाच र घोडा नाचे नेवा ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिनुभयो ।

खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन् । बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताउनुहुन्छ । बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ । आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । रासस