२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलको आपत्ति



अ+ अ-

काठमाडौं । रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुख देवराज घिमिरेले माइक काटेका थिए ।

सभामुखले बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका हुन् ।

विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दुई मिनेटको समय दिएका थिए । उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए ।