६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नरसिंहा: अवतार’ मा राजेश हमालको जोडी नीति शाह



अ+ अ-

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहा: अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ ।

यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।

नरसिंहाको अर्थ( भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।

सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि फिल्म द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।




भर्खरै