३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नरसिंहा: अवतार’ मा राजेश हमालको जोडी नीति शाह



अ+ अ-

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहा: अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ ।

यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।

नरसिंहाको अर्थ( भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।

सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि फिल्म द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।