१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको अवस्था स्थिर

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको अवस्था स्थिर
अ अ+ अ-

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले बताएकी छन् ।

९६ वर्षीय उनको विगत दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय संस्थानमा उपचार भइरहेको छोरी मरिना महाथिरले बताइन् ।

महाथिर फेरि अस्पताल भर्ना भएको खबर फैलिएसँगै शनिबार अस्पतालमा सञ्चारमाध्यमहरू भेला भएका थिए र वर्तमान प्रधानमन्त्री इस्माइल साबरी याकोबले पनि उनलाई भेटेका थिए।

एक विज्ञप्तिमा उनकी छोरीले महाथिरले करिब दुई हप्ताअघि सोही सुविधामा एक प्रक्रियापछि फलोअप उपचार गराइरहेको बताइन्।

“उहाँको अवस्था अहिले स्थिर छ र उपचारमा राम्रो प्रतिक्रिया दिइरहेको छ”, उनले भनिन्। उनको परिवारले जनतालाई उहाँको पूर्ण स्वास्थ्यलाभक लागि प्रार्थना गर्न अनुरोध गरेको बताइन् । 

महाथिरले डिसेम्बरमा पनि उपचारका लागि अस्पतालमा केही दिन बिताएका थिए। उनलाई वर्षौंदेखि मुटुसम्बन्धी धेरै समस्या छन्, धेरै पटक हृदयघात भएको छ र बाइपास सर्जरीसमेत गराइसकेका छन्।

महाथिर मलेसियाको सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व मध्ये एक हुन् । उनले कुल २४ वर्षसम्म दुई पटक प्रधानमन्त्रीका रूपमा सेवा गरिसकेका छन्।

उहाँ सन् १९८१ देखि २००३ सम्म मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि सन् २०१८ मा ठूलो भ्रष्टाचार घोटालापछि एक सुधारवादी गठबन्धनको नेतृत्व गर्दै उहाँ ९२ वर्षको उमेरमा सत्तामा फर्कनुभयो ।

तर त्यो सरकार सन् २०२० मा आपसी कलहका कारण पतन भयो। एजेन्सी