७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी



अ+ अ-

सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।” पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उहाँको भनाइ छ ।

पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताउनुभयो । “वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ । यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,” सिंहले भन्नुभयो, “पानीको निकासका लागि सम्बन्धित निकायमा पटक–पटक अनुरोध गर्दै आएका छौँ । नगरपालिकाबाट केही ट््याक्टर माटो हाल्ने काम गरिए पनि पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ ।” साथै उहाँले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताउनुभयो ।

अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिनुभयो । आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । “नगरसामु अनुरोध गर्‍यो, वडाले बनाउनु भन्नुहुन्छ । हाम्रो स्रोत र साधनले भ्याउँदैन”, उहाँले भन्नुभयो ।

नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताउनुभयो ।