३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिक: अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा



Kenneth Rooks, of the United States, clears an obstacle during the men’s 3000 meters steeplechase final, at the 2024 Summer Olympics, Wednesday, Aug. 7, 2024, in Saint-Denis, France. (AP Photo/Ashley Landis)
अ+ अ-

एजेन्सी । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमश: शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित कुल ४९ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।