२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार



Protesters climb a public monument as they celebrate after getting the news of Prime Minister Sheikh Hasina’s resignation, in Dhaka, Bangladesh, Monday, Aug. 5, 2024. (AP Photo/Rajib Dhar)
अ+ अ-

एजेन्सी । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

“हामीलाई जवाफ चाहिन्छ”, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाईको माग गर्दै अभियान चलाइरहेको “आमाहरूको आह्वान” समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भन्नुभयो ।

अधिकारकर्मीहरुले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी ’जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६०० जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।

टुलीले बताएअनुसार कम्तिमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौंको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।

हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।

विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा हुनुभएको हो । “उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ”, पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताउनुभयो ।

हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।

सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो ।

हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ ।