१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मित्रता: मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म

मित्रता: मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म
अ अ+ अ-

काठमाडौँ । मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा सम्बन्ध विस्तार मात्रै गर्दैन एकअर्कामा साथ, सहयोग र सहकार्यलाई उच्च स्थान दिन्छ । यो विश्वमै फरक खालको सम्बन्ध मान्न सकिन्छ ।

नेपालीले आफ्नो परिवारपछि अर्को नजिकको सहयात्रीका रुपमा मित/मितिनी सम्बन्ध कायम गर्छन् । त्यही सम्बन्धलाई उजिल्याइदिनुभएको छ फोटोग्राफर रविक उपाध्यायले । नेपाली महिलाको ‘मितिनी’ चलनलाई दृश्य कथामा कैद गरेर उहाँले मित/मितिनीको महत्वलाई बढाइदिनुभएको छ ।

उहाँको महिलाको मितिनी फोटो कथा अहिले नेपाल कला परिषद् बबरमहलमा प्रदर्शन भइरहेको छ । दृश्य कथामा बाल्यकालमा जोडिएको मितिनी सम्बन्ध जीवनको उत्तराद्र्धसम्म पनि उत्तिकै सौहाद्र्रमय रहने देखाएको छ । साना–ठूला सुखदु:खका साक्षी र सहयोगी भूमिकामा मितिनीहरुले आफ्नो परिवारलाई सघाउने गरेको दृश्यले मन छुन्छ ।

विनुकुमारी गुरुङ र लिलामाया अधिकारी फरक फरक समुदायका हुनुहुन्छ, तर मितिनी सम्बन्धले उहाँहरुमाथि सबै छेकबार भत्काइदिएको छ । जङ्गलमा गाईवस्तु घाँसदाउरा गर्दा भएको भेटलाई मितिनी सम्बन्ध विस्तार गरेका उहाँहरुले बूढेसकाल आउनै लाग्दा पनि त्यो सम्बन्ध कायम राख्नुभएको छ ।

यस्तै, अर्को तस्बिरमा ५७ वर्षकी सन्तमाया अधिकारीले ५९ वर्षकी पानसरी गुरुङलाई एकमुठा सुकेको लसुन कोसेली पठाउनुभएको छ । सन्तमाया आफ्नो बुढ्यौली सासूसँग बस्दा पानसरीलाई विरलै भेट्न पानुहुन्छ तर यस्ता उपहारले उहाँहरुको सम्बन्ध र सम्झनालाई ताजै बनाइदिइरहेको छ । पानसरा पनि घरकै कामले सन्तमायालाई भेट्न पाउनुहुन्न् । गाउँलेमार्फत यस्तै उपहार आदानप्रदान हुँदा भने उहाँहरुमा सम्झना ताजा बनेर आइदिने गरेको छ ।

अर्का फोटोप्राफर इसान तिवारीको फोटो कथाले प्रथम स्थान हासिल गर्न सफल पनि भएको छ । तिवारीले ‘सहयात्रा’ शीर्षकमा मधेसका बालबालिकामा शिक्षाको पहुँचको कथा कैद गर्नुभएको छ । तस्बिर लिन तिवारी मधेस प्रदेशको बारा र रौतहट पुग्नुभएको थियो ।

उहाँले मधेसका बालबालिकाको विद्यालय, घर तथा समुदायमा भएका रोचक गतिविधिहरुलाई फोटोमा कैद गर्नुभएको छ । त्यसमा उनीहरुको रहनसहन, खेलकुद, विद्यालय अध्ययन, सामाजिक गतिविधिलाई समावेश गरिएको थियो । बालापन झल्काउने उहाँका दृश्य कथामा मधेसको कमजोर आर्थिक, सामाजिक अवस्थाका बालबालिकाले शिक्षा पाउँदाको खुसी देख्न सकिन्छ, जहाँ बालबालिकाको मुहारमा चमक झल्किरहेको पाइन्छ ।

फोटो प्रदर्शनीमा सुशील विश्वकर्माले ‘तृष्णा’ शीर्षकमा फोटो कथा देखाउनुभएको छ । त्यसमा उहाँले जाजरकोटको कुदु गाउँको पानीको कथालाई फोटोमा उतार्नुभएको छ । तल भेरी नदी कलकल बगिरहेको छभने पनि गाउँमा खानेपानीको चर्को अभाव छ । त्यो अभावलाई पूर्ति गर्दै पानीको बचत र सरसफाइलाई ध्यान दिन त्यहाँ नेपाल, युरोपेली सङ्घ र फिनल्यान्डको सहकार्यमा सञ्चालित परियोजनाले काम पनि गरिरहेको छ । त्यहाँको पानीको समस्यालाई समाधान गर्न फोटो कथाले आह्वान गरिरहेको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीया दृश्य कथाकार आकृति श्रेष्ठले मधेसमा प्लास्टिक बोतलको पुन: प्रयोगको विषयालाई ‘कुर्था एक्सप्रेस’ शीर्षकमा तस्बिर कथा प्रस्तुत गर्नुभएको छ । फोहरबाट सङ्कलन गरिएका ती बोतलहरु त्यहाँका बासिन्दाको आम्दानीको स्रोत बनेका छन् । त्यसले वातावरणीय प्रदूषण कम गर्दै सन्तुलन राख्न सघाएको छ । साथै फोहरबाट मोहर कमाएर आर्थिक पाटोलाई कसरी मधेसका समुदायले अँगालेका छन् भन्ने कथा उहाँको तस्बिरमा देखिन्छ ।

“मैले प्लाष्टिक फोहरलाई पुन: प्रयोग गर्ने प्रक्रिया र यस प्रक्रियामा सहभागी महिला पुरुषको जीवनलाई चित्रण गरेको छु”, आकृतिले भन्नुभयो, “चक्रीय अर्थ व्यवस्था भनेको फोहर घटाउने र वातावरण संरक्षण गर्ने मात्र नभई यसले सिर्जना गर्ने रोजगारमा निर्भर व्यक्तिहरुको जीवन पनि हो ।”

नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका ५० वर्ष पुगेको अवसरमा दृश्य कलाकारले तयार पारेका दृश्य कथाहरु नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएका हुन् । नेपालस्थित युरोपेली सङ्घको दूतावासले उक्त फोटो कथा प्रदर्शनी आयोजना गरेको हो ।

‘मित्रता’ शीर्षकमा गरिएको तस्बिर कथा प्रदर्शनीबारे सङ्घका राजदूत भेरोनिक लरेञ्जोले नेपाल–युरोपेली सङ्घबीचको सम्बन्ध र सम्झनालाई देखाइएको बताउनुभयो । दुई पक्षबीचको मित्रतासँगै जनसम्बन्धको भाव फोटो प्रदर्शनीले व्यक्त गरेको राजदुत लरेञ्जोले उल्लेख गर्नुभएको छ । उहाँले नेपालसँगको विकास साझेदारीसँगै मित्रता थप बलियो बनाउने आफ्नो चाहना रहेको र त्यसैको प्रतिफल प्रदर्शनी भएको पनि बताउनुभयो ।

यसपटकको उक्त प्रदर्शनीमा चार फरक कथाहरुमा चारजना फरक युवा फोटोग्राफरलाई मित्रताको दृष्टिकोणबाट अभिव्यक्त गर्न भनिएको थियो । ती कथाहरु फोटोग्राफी प्रतियोगितामार्फत छनोट गरिएको हो । फोटो प्रतियोगिताका लागि गरिएको आब्हानमार्फत नेपालका युवापुस्ताको प्रतिभा उजागर गराउँदै देशका विभिन्न क्षेत्रका विषयहरु ल्याउन उनीहरुलाई प्रोत्साहन गरिएको थियो । उनीहरुले तयार पारेका दृश्य कथामा मित्रता, प्रजातन्त्र, मानवअधिकार र दिगो विकासका साझा मूल्यहरुलाई प्रस्तुत गरिएका छन् ।

सङ्घका अनुसार यसले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली सङ्घ योगदानमा जोड दिँदै नेपालको जनस्तरको सम्बन्धलाई उजागर गरी उलब्धिमाथि उत्साह मनाउने र भविष्यको सहकार्यमा प्रेरित गर्छ । यसमा फोटोग्राफरले देशभर यात्रा गरी समाजका कथा अभिव्यक्त गरेका छन् ।

फोटो प्रतियोगिताका लागि विकास रौनियार, रम्यता लिम्बूसहितका वरिष्ठ फोटो पत्रकार निर्णायक हुनुहुन्थ्यो । उहाँहरुले फोटोको भाव र कथाका आधारमा निर्णय दिनुभएको थियो । शुक्रबारदेखि सुरु भएको फोटो कथा प्रदर्शनी यही साउन ३२ गतेसम्म कलापरिषद्मा हुने छ ।

सन् १८५१ मा नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गर्नुभएसँगै नेपालको विश्व सम्बन्ध युरोपबाटै सुरु भएको बताइन्छ । फ्रान्सका अध्यता साल्भियन लेभीले सन् १९६२ र इटलीका गसेप टक्कसीले सन् १९५२ मा नेपाल आएर यहाँको सामाजिक–सांस्कृतिक इतिहासको अध्ययन गर्दै नेपाललाई विश्वमाझ पुर्याउन काम गर्नुभएको स्मरण गरिन्छ । सन् १९६२ मा नेपाल आर्ट काउन्सिल स्थापना भएसँगै विश्वको आधुनिक कला प्रवद्र्धन थालिएको मानिन्छ । रासस