२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेश: राजधानी ढाका लगायतका प्रमुख सहरमा सोमबार विहानैदेखि सुरक्षाकर्मीले गस्ती गर्दै



अ+ अ-

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुन: प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार विहानैदेखि राजधानी ढाकामा गस्ती गरेको छ ।

विश्लेषकहरूले आइतबार देशभरका लाखौं प्रदर्शनकारी र सरकारी समर्थकहरूबीच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो ।

ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागू भएको कफ्र्यू लागू गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन् ।

गत महिनादेखि शुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ ।

आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापी रूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो, कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्त्वपूर्ण तीन हजार ५०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द गरिएको थियो ।

विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थििति थप तनावपूर्ण बनेको हो ।

राष्ट्रव्यापी अवज्ञा अभियानको नेतृत्व गरेका एक प्रमुख नेता आसिफ महमुदले भन्नुभयो, “अन्तिम विरोध प्रदर्शन गर्ने समय आएको छ । हामी देशभरका विद्यार्थी र सर्वसाधारणलाई ढाकातर्फ अघि बढ्न आह्वान गर्दछौं ।

आइतबार उत्तरपूर्वी शहर इनायतपुरको एक स्टेसनमा प्रदर्शनकारीले आक्रमण गर्दा १४ जना प्रहरी अधिकारीसहित कम्तीमा ९४ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशमा भइरहेको प्रहरी ज्यादती र हिंसा रोकिनुपर्ने बताउनुभएको छ ।

इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिका प्राध्यापक तथा बङ्गलादेशका विज्ञ अली रियाजले प्रधानमन्त्री हसिनाले ‘प्रदर्शनकारीका मागप्रति खासै चासो दिएकोजस्तो’ नदेखिएको र यसले तनाव थप बढिरहेको चेतावनी दिनुभएको छ ।

रियाजले भन्नुभयो, “यो सबै उपायहरूद्वारा अभूतपूर्व लोकप्रिय विद्रोह हो ।” राज्यपक्षधर र सत्ताका वफादारहरूबीचको अहिलेको क्रूरतालाई बङ्गलादेशको इतिहासमा नै भएका सिमित आन्दोलन र तीनको प्रभाबसँग जोड्न सकिन्छ ।

एएफपीले पुष्टि गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार ढाकामा प्रदर्शनकारीहरूले हसिनाका पिता शेख मुजिबुर रहमानको शालिकमा आन्दोलनकारी चढेर यसलाई हथौडाले तोडेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।