२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली परिक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरू पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडिरएमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परिक्षर्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका(८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङ काठमाडौंबाट पक्राउ गरेको हो । 

उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।