१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना सशस्त्र प्रहरी सक्षमः प्रधानमन्त्री

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना सशस्त्र प्रहरी सक्षमः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताउनुभएको छ । सशहस्त्र प्रहरी बल नेपालको २१ औँ  स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गर्नुभयो ।
    
प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकमा सङ्कट आउँदा, असमान्य परिस्थितिमा  विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।”
 
उहाँले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो । क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले शान्तिसुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिनुभयो । उहाँले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश पालना गर्दै जनतको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिनुभयो ।

उहाँले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदातित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र सङ्घीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गर्दै उहाँले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढङ्गले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

जिम्मेवारीमा जुट्न गृहमन्त्रीको निर्देशन

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । 

उहाँले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपिएफ अस्पतालमार्फत सङ्क्रमितहरुको उपचारमा पु¥याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गर्नुभयो । 

गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिनुभयो ।

सो क्रममा उहाँले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो ।

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पार्नुभयो । 

उहाँले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिनुभयो । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधँै तल्लीन रहेको बताउनुभयो ।

उहाँले सीमा सुरक्षा राजस्व सङ्कलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । लैङ्गिकमैत्री वातावरण, भ्रष्टाचारमा शून्य सहलशीलता, मानवअधिकारको सम्मान संरक्षण गर्दै सरकारका नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन सशस्त्र प्रहरी कटिबद्ध रहेको पनि उहाँले बताउनुभयो । 

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दिनुभयो । समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।