१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारले पूँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद महत

सरकारले पूँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद महत
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उहाँले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गर्नुभएको हो । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा प्रवक्ता महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गर्नुभयो ।

कम्पनीको स्ट्रेन्थ नै नभएको बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दाबी पनि गर्नुभयो । उहाँले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई पनि अपिल गर्नुभयो । प्रवक्ता महतले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले शेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर मलाई के लाग्छ भने यसमा हामी कसेस हुन जरुरी छ । यो हाम्रो जति पनि लिष्टेड कम्पनीहरु छन । त्यो कम्पनीको स्ट्रन्थ अनुसार त्यसको बढेको छ? भन्दा त्यो अनुसार बढेको छैन । यसको मतलव के हुन्छ ?यसको मतलव के हुन्छ भने पछिल्लो समयमा जसले त्यो बढेको बढ्यै गर्छ लगानी गर्ने आम लगानीकर्ताको पुँजी फस्ने खतरा बढेर जान्छ । त्यो स्वभाविक रुपमा मनिटरी पोलिसीले र आत्मविश्वास यो सरकारको स्थायित्वको कारणले उत्साह थपेको हदसम्म त्यसमा सकारात्मक रुपमा त्यो बढनु उपयुक्त हो । तर त्यो कम्पनीको स्ट्रेन्थ नै छैन । तर अस्वभाविक रुपमा त्यसको बढि राखेको छ । त्यसमा धेरै केही चलखेल गर्न सक्ने त्यसको इन्साईडेट टे«डिङ पनि भन्छ । त्यहाँ भित्रकै सूचनाहरु लिएर, त्यसमा त हामीले छानविन पनि शुरु गरेका छौं । म अर्थमन्त्रीजीलाई यस बारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु । त्यस हिसावले आर्टिफिसियल (नक्कली) तरिकाबाट कम्पनीको स्ट्रेन्थ खासै केही पनि छैन । अत्यन्त कमजोर छ । तर त्यसको सेयर बढेर डबल भन्दा पनि बढि भईराखेको छ । त्यो भनेको के हो भने त्यो लगानीकर्ता पछिल्लो समय यो बढेको बढ्यै हुन्छ भन्ने थाहा पनि छैन कम्पनीको स्ट्रेन्थ पनि । बढेको छ भने पछि यसमा अझ लगानी गरौं । अझ बढला, फाईदा होला भन्नेहरु छन् । अनि जसले रणनीतिक रुपमा त्यहाँ लगानी गरेको छ । उसले ऐन मौकामा वीथ ड्र गर्छ । अनि जुन साधारण लगानीकर्ताहरु छन् । उनीहरु फस्छन् ।’

‘त्यसो हुनाले अहिले बुलस्ट्रन्थमा जुन शेयर मार्केट बढिराखेको छ । त्यसप्रति म गम्भिर भएर हेर्न म लगानीकर्ताहरुलाई पनि अनुरोध गर्न चाहन्छु । कुन कम्पनीको स्ट्रेन्थ के हो रु त्यसमा थप लगानी गर्ने औचित्य छ, त्यो सष्टेन गर्छ, दिगो हुन्छ वा हुँदैन रु त्यसको आधारमा लगानी गरिएन भने जुन पहिलो समयमा धेरैले ठूलो लगानी गरेर पछिल्लो समय टाठाबाठाले त पहिला नै जुन बेला यहाँ भन्दा जाँदैन भन्ने स्वायटट काम गरिहाले । अरुहरु चाहीँ फसे । त्यस्तो अवस्था नआओस् । त्यसकारण यसकाप्रति अर्थ मन्त्रालयको, राष्ट्र बैंकको पनि गम्भिर निगरानी हुनुपर्छ । र त्यहाँ चाहीँ इन्साईडेट ट्रेडिङ, अरु खाले म्यानुपुलेशन हुने अवस्था पूरै रोक्नुपर्छ भन्ने मलाई लाग्छ । किनकी कुनै पनि कम्पनीको स्ट्रन्थ विना, आधार बिना त्यो बढ्ने भनेको क्र्यास गर्ने कुरा हो । र लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने कुरा हो । जसको स्ट्रेन्थ छ, त्यस अनुसार लगानी बढ्दै गयो भने त्यसले थप एक्स्पान्सन गर्छ । अनि त्यसले परिणाम दिन्छ । तर त्यसको एक्सपान्सन गर्ने कुनै आधार छैन । त्यसको स्ट्रेन्थ छैन । त्यो विना बढिराखेको छ भने त्यसप्रति हामी सचेत हुनुपर्छ । र यसको नियमनकारी निकायहरु चाहीँ अत्यन्तै कियरफुल हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रवक्ता महतले पूँजी बजारमा भएको अस्वभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको ध्यानाकर्षण गराउनु भयो ।