• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

काभा महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो



काठमाडौँः आजदेखि राजधानीमा सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो ।

बिहीबारको खेलमा तीन अंक जोडेपछि नेपाली टोली उत्साहित छ । कप्तान अरुणा शाही भन्छिन्, ‘हामीले पछिल्लो पटक खेल्दा बेस्ट अफ ५ खेलेर जितेका थियौं, यो पालि सोझो सेट हराउँदा एमदमै खुसी छौं ।’

यसअघि सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा श्रीलंकालाई नेपालले ३–२ को सेटमा पराजित गरेको थियो ।

कप्तान शाहीले आजको खेलको तेस्रो सेटमा सेटिङमा केही गल्ती भएका कारण श्रीलंकाले अग्रता लिएको बताइन् । ‘तेस्रो सेटमा मेरो सेटिङ मिस्टेक भयो । तेस्रो सेटमा मेरो हातबाट बल चिप्लिरहेको थियो । जम्प पास गर्दा पनि मिस्टेक भयो । पछि हामीले सेटर चेञ्ज गरेपछि खेलमा फर्कियौं’, उनले भनिन् ।

बिहीबारको खेलमा सुमित्रा रेग्मी र आरती सुवेदीले आधिकारिक रुपमा ठूलो प्रतियोगितामा डेब्यू गरे ।

पहिलो खेलमा नै उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक जगदिश भट्टले बताए ।

‘उनीहरु भनेको ५/७ वर्ष नेपाली महिला टिम हाँक्ने खेलाडी हुन् । उनीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय एरेनामा आएर जुन प्रकारको प्रदर्शन गरे त्यो उत्कृष्ट छ’, उनले भने ।
यस प्रतियोगितामा नेपाल समेत भारत, माल्दिभ्स, श्रीलंका र इरान सहभागी छन् ।

सबैभन्दा बढी अंक हासिल गर्ने चार वटा टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

भारतले इरानलाई हरायो

काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो र दोस्रो सेट भारतले २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५-१९ ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५-१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।

यस जितसँगै नेपाल र भारतले समान तीन अङ्क जोडेका छन् । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।