१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

विश्वका यस्ता पाँच देश जसको आफ्नै मुद्रा छैन

विश्वका यस्ता पाँच देश जसको आफ्नै मुद्रा छैन
अ अ+ अ-

प्रत्येक देशको आफ्नै आधिकारिक मुद्रा छ, जस्तै नेपालमा रुपैयाँ, अमेरिकामा डलर र युरोपेली देशहरूमा यूरो। तर संसारमा केही देशहरू छन्, जसको आफ्नै मुद्रा छैन भन्ने सुन्दा तपाईंलाई सुन्दा अनौठो लाग्न सक्छ वा तपाईं यसलाई मजाक मान्न सक्नुहुन्छ। तर यो पूर्णतया सत्य हो । विश्वका पाँच देश जसको आफ्नै मुद्रा छैन। 

१. जिम्बाब्वे

दक्षिण अफ्रिकामा रहेको गणतन्त्र जिम्बाब्वेले सन् २००९ मा गम्भीर आर्थिक सङ्कटको सामना गर्यो। उच्च ऋणका कारण उसले आफ्नो मुद्रा खारेज गर्नुपरेको थियो। यहाँ दक्षिण अफ्रिकाको मुद्रा र्यान्ड, ब्रिटिश पाउण्ड, यूरो, येन, रुपयाँ, अमेरिकी र अष्ट्रेलियाली डलर प्रचलनमा रहेको छ।

२. इक्वेडर

दक्षिण अमेरिकामा अवस्थित इक्वेडर मुख्यतया यसको तेल स्रोतहरूमा निर्भर छ। सन् २००० मा आएको गम्भीर आर्थिक सङ्कटपछि यहाँको अर्थतन्त्र कहिल्यै सुस्त हुन सकेको छैन । यो देश ऋणमा गयो, जसका कारण यसले आफ्नो मुद्रा हटाउनु पर्यो। अहिले यहाँ अमेरिकी डलर मान्य छ।

३. नाउरु

नाउरु दक्षिण प्रशान्त महासागरमा अवस्थित एउटा टापु राष्ट्र हो। यो संसारको सबैभन्दा सानो टापु राष्ट्र हो । यसको क्षेत्रफल मात्र ८.१ वर्ग माइल छ। यहाँको जनसङ्ख्या मात्र १० हजार छ । यो यस्तो देश हो जसको न राजधानी छ, न सेना छ, न मुद्रा छ । यो देश धेरै वर्षसम्म जर्मनीको अधीनमा थियो। पहिलो विश्वयुद्धमा मित्र राष्ट्रहरूको सहयोगमा अष्ट्रेलियाले यसलाई स्वतन्त्र गराएको थियो। त्यसपछि अष्ट्रेलियाली मुद्रा डलर यहाँ मान्य छ।

४. मोनाको

युरोपेली महाद्वीपमा अवस्थित मोनाको विश्वको दोस्रो सानो देश हो। यहाँको जनसङ्ख्या ३७ हजार मात्रै छ । यो फ्रान्समा निर्भर देश हो र यहाँ फ्रान्सेली मुद्रा यूरो मात्र मान्य छ।

५. पनामा

पनामा मध्य अमेरिकाको एउटा देश हो। सन् १९०३ मा अमेरिकाको सहयोगमा कोलम्बियन युनियनबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको थियो । पनामा नहरमा अमेरिका र पनामाबीच भएको सम्झौतादेखि यहाँ अमेरिकी डलर चलनमा छ र यहाँको अर्थतन्त्र पूर्णतया अमेरिकी डलरमा निर्भर छ ।